ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अपर तामाकोशी हाइड्रोपावरले असोज १९ गते बोलायो साधारण सभा 

२०७८ भदौ, २८  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले असोज १९ गते १२औं र १३औं वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यालय, दरबारमार्ग, काठमाडौंमा बिहान ११:३० बजे सभा गर्ने निर्णय गरेको हो । सभा भर्चुअल माध्यमबाट हुनेछ । 

सभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । 

विगतका दुई आर्थिक वर्षमा आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई उपलब्ध गराएको सहयोग रकमलाई समेत सभाले अनुमोदन गर्ने कार्यक्रम छ । साधारण सभा प्रयोनजका लागि कम्पनीले असोज ४ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । 

बुक क्लोजको आधारमा असोज ३ गते संविधान दिवसको सार्वजनिक बिदा पर्ने भएकाले त्यस अघिको कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्