ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिद्धार्थ क्यापिटलको साधारण सभा असोज १८ गते, ४०% नगद लाभांश प्रस्ताव 

२०७८ भदौ, २८  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले असोज १८ गते १०औं वार्षिक साधारण सभा बोलाएको छ । 

क्यापिटलको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा साँझ ४ बजे सभा बोलाइएको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । 

साथै, प्रस्तावित ४० प्रतिशत नगद लाभांश समेत सभाले पारित गर्नेछ । क्यापिटलले गत आर्थिक वर्ष ०७७/७८ को सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रू. २ लाखलाई समेत सभाले पारित गर्नेछ । कोभिडको जोखिमलाई ध्यानमा राखी सभामा भर्चुअल माध्यमबाट सहभागी गराउने व्यवस्था क्यापिटलले गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्