ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

क्यापिटल गुड्स आयातको महत्त्व

दीर्घकालमा आयात कम गर्ने माध्यम

२०७८ भदौ, २८  
लेख | दृष्टिकोण
Chelsea International Image Not Found

औद्योगिक गतिविधिहरूलाई गति प्रदान गर्ने मूलतŒवका रूपमा कच्चापदार्थ झैं क्यापिटल गुड्सको पनि समान महत्त्व रहेको हुन्छ । स्वदेशमा यस्ता प्रकृतिका वस्तुहरूको उत्पादन नभई रहेको सन्दर्भमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न सहायक हुने क्यापिटल गुड्सको आयातले मुलुकको अथर्तन्त्र सकारात्मक दिशातिर गइरहेको संकेत गर्छ । त्यसैले देशको समग्र आयात व्यापारको विश्लेषण गर्दा सो आयातमा क्यापिटल गुड्सको अंशलाई मिहीन रूपमा विश्लेषण गरिनुपर्छ ।

नेपालको सन्दर्भमा हेर्दा मुलुकको गत आर्थिक वर्ष २०७७÷७८को कुल आयातमा क्यापिटल गुड्सको अंश करीब १४ दशमलव ९४ प्रतिशत ( रू. २३० अर्ब ) रहेको देखिन्छ । यस आयातमा औद्योगिक मेशिनरी, इलेक्ट्रिक मेशिनरी तथा वैज्ञानिक अनुसन्धानका उपकरण तथा चिकित्सा सामग्रीको अंश क्रमशः ४७ प्रतिशत, ३७ प्रतिशत र ११ प्रतिशत रहेको छ ।

क्यापिटल गुड्सको आयुवृद्धि तथा उत्पादन क्षमता कायम गर्न स्वदेशमा प्राविधिकहरूलाई तालीम प्रदान गर्ने, नियमित र आवधिक मर्मत सम्वन्धी मापदण्ड तर्जुमा र अनुगमन, नियमित, स्थिर र पर्याप्त ऊर्जा आपूर्ति, गुणस्तरीय ऊर्जाको प्रयोग तथा क्यापिटल गुड्सको दक्षतायुक्त सञ्चालनमा विशेष ध्यान दिनुपर्छ ।

मेशिनरीको कुल आयात रू. १२३ अर्ब ६३ करोड रहेकोमा रू. १०९ अर्ब ३३ करोडका मेशिनरीहरू क्यापिटल गुड्सको प्रयोजनमा आयात भएका छन् । नेपालको कुल मेशिनरी आयातमा क्यापिटल गुड्सको प्रयोजनमा आयात भएका मेशिनरीको अंश यस्तो मेशिनरीको कुल आयातको करीब ८८ दशमलव ४४ प्रतिशत रहेको छ । यस्तै नेपालले आयात गर्ने इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्रीको कुल आयात १०७ अर्ब १० करोड रहेकोमा क्यापिटल गुड्सको आयात रू. ८५ अर्ब ५४ करोड रहेको छ । यसरी इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्रीको कुल आयातमध्ये क्यापिटल गुड्सको अंश करीब ७९ दशमलव ८७ प्रतिशत रहेको छ । क्यापिटल गुुड्सको आयातमा तेस्रो ठूलो अंश रहेको अनुसन्धान तथा चिकित्सा सामग्रीको कुल आायत रू. २८ दशमलव ७८ अर्ब रहेको मा वर्गमा पर्ने क्यापिटल गुड्स प्रयोजनको आयात रू. २५ अर्ब ८० करोड रहेको छ । यसरी नेपालमा आयात हुने अनुसन्धान र चिकित्सा सामग्रीको कुल आयातमा क्यापिटल गुड्सको प्रयोजनका वस्तुको अंश करीब ८९ दशमलव ६५ प्रतिशत रहेको छ ।

क्यापिटल गुुड्सको आयातमा पाँचौं ठूलो अंश रहेको हाते औजारको कुल आयात रू. ४ अर्ब ४७ करोड रहेकोमा यस वर्गमा पर्ने क्यापिटल गुड्स प्रयोजनको आयात रू. २ अर्ब २९ करोड रहेको छ । यसरी नेपालमा आयात हुने हाते औजारको कुल आयातमा क्यापिटल गुड्सको प्रयोजनका वस्तुको अंश करीब ५१ दशमलव २६ प्रतिशत रहेको छ ।

क्यापिटल गुुड्सको आयातमा छैटाैं ठूलो अंश रहेको फर्निचरको कुल आयात रू. ७ अर्ब ३० करोड रहेको छ । व्यावसायिक प्रयोजनका फर्निचरको क्यापिटल गुड्स प्रयोजनको आयात रू. १ अर्ब ९७ करोड रहेको छ । यसरी नेपालमा आयात हुने हाते औजारको कुल आयातमा क्यापिटल गुड्सको प्रयोजनका वस्तुको अंश करीब २७ दशमलव शून्य २ प्रतिशत रहेको छ ।

पूँजी निर्माणमा सहायक हुने धातुका रिजर्वायर, हाते औजार, व्यावसायिक प्रयोजनका फर्निचर ( अस्पतालका कुर्सी, बेड, यातायातका साधनका सिट बेल्ट, ट्याक्टर, कन्भेयर बेल्टलगायत वस्तुहरूको आयात पनि उल्लेख्य मात्रामा हुने गरेकोे छ । यी वस्तुहरूको आयात कुल क्यापिटल गड्सको आयातमा करीब ९ प्रतिशत अंश रहेको छ । नेपालमा निर्माण नहुने यस्ता उच्च प्रविधियुक्त क्यापिटल गुड्स नेपालका उद्योगतन्त्रका लागि अपरिहार्य आवश्यकता जस्तै रहेका छन् । तसर्थ यस्तो आयातलाई व्यापार सन्तुलनका दृष्टिबाट आँकडाका रूपमा मात्र हेरिनु हुँदैन । आयातलाई पनि गुण र दोषका आधारमा विश्लेषण गरी एउटा निचोडमा पुग्न आवश्यक देखिन्छ ।

उपर्युक्त पक्षहरूलाई दृष्टिगत गर्दै सर्वप्रथम क्यापिटल गुड्सको आयात व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक छ । यसका लागि गुणस्तरीय, उत्पादन क्षमता अब्बल भएका, मर्मत सम्भारमा कम खर्च लाग्ने, कार्य आयु बढी हुने, सहज आपूर्ति हुने, नियमित प्राविधिक परामर्श मिल्ने तथा सञ्चालनमा स्वदेशी प्राविधिकलाई तालीमसहितको सुविधा दिने विषयतर्फ सरकार र निजीक्षेत्र दुवैले संयुक्त पहल लिनु आवश्यक छ । यसले मेशिनको आयु र उत्पादन क्षमतालाई कायम गर्न विशेष योगदान दिन्छ ।

यस्तै गरी क्यापिटल गुड्सको आयु वृद्धि तथा उत्पादन क्षमता कायम गर्न स्वदेशमा प्राविधिकहरूलाई तालीम प्रदान गर्ने, नियमित र आवधिक मर्मतसम्बन्धी मापदण्ड तर्जुमा र अनुगमन, नियमित, स्थिर र पर्याप्त ऊर्जा आपूर्ति, गुणस्तरीय ऊर्जाको प्रयोग तथा क्यापिटल गुड्सको दक्षतायुक्त सञ्चालनमा विशेष ध्यान दिनुपर्छ । मेशिनरीलगायत क्यापिटल गुड्सको सुरक्षा तथा सरसफाइमा पनि त्यत्तिकै ध्यान दिन जरुरी हुन्छ ।

उपर्युक्त क्रियाकलापका कारण गुणस्तरीय क्यापिटल गुड्सहरू तुलनात्मक रूपमा कम मूल्यमा उपलवध हुने, क्यापिटल गुड्सहरूको आयु वृद्धि हुने र उत्पादन क्षमतामा पनि ह्रास नआउने हुँदा यसले कालान्तरमा क्यापिटल गुड्सको अनावश्यक आयातलाई न्यून गर्न मद्दत गर्दछ । अनावश्यक र महँगो आयात कम हुँदा यसले उत्पादनको लागत न्यूनीकरण गर्न पनि मद्दत गर्छ, जसले नेपाली उत्पादनहरू बाह्य उत्पादनसँग थप प्रतिस्पर्धी हुन जाने देखिन्छ । क्यापिटल गुड्सको दक्षतायुक्त सञ्चालन र बुद्धिमत्तापूर्ण खरीदले बचत हुने रकम पनि आपैmमा आयात प्रतिस्थापन हो ।

क्यापिटल गुड्सको आयात व्यवस्थापन सँगसँगै यस क्षेत्रमा आयात प्रतिस्थापनको नीति पनि समानान्तर रूपमा लिनु आवश्यक देखिन्छ । यसका लागि निजीक्षेत्रसँगको परामर्शमा कस्ता कस्ता खालका क्यापिटल गुड्सहरूको स्वदेशमै उत्पादन सम्भव छ भन्ने विषयमा यस्ता वस्तुहरूको सूची तयार गर्नुपर्छ । व्यावहारिक रूपले सम्भव हुने यस्ता क्यापिटल गुड्सको स्वदेशमै उत्पादन गरी विदेशी उत्पादनसँग प्रतिस्पर्धी बनाउन आवश्यक पर्ने अनुदान, प्रोत्साहन, सहुलियत, उत्प्रेरणा र छूटका विशेष व्यवस्थाहरू हुन पनि जरुरी छ । यस्तो व्यवस्था गर्ने हो भने कृषि औजार, हाते औजार तथा व्यावसायिक प्रयोजनका फर्निचरका क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने सम्भावना उच्च देखिएको छ ।
क्यापिटल गुड्सको आधार बलियो गर्न स्वदेशमा अनुसन्धान र विकासको वातावरण पनि सोहीअनुरूप सृजना हुनु आवश्यक छ । विशेष गरी अनुसन्धान केन्द्र तथा साधनस्रोत सम्पन्न प्रयोगशाला स्थापना र सञ्चालनमा सरकार र शैक्षिक संस्था र निजीक्षेत्रको संयुक्त पहलमा विशेष लगानी हुनु आवश्यक छ ।

यसरी समग्रमा बुद्धिमत्तायुक्त आयात, दक्षतायुक्त सञ्चालन, स्वदेशमा क्यापिटल गुड्सको उत्पादनको शुरुआत तथा अनुसन्धान र विकास संस्कृति विकासका माध्यमबाट मुलुकको उद्योगतन्त्रको गतिवर्धन गर्ने क्यापिटल गुड्सको व्यवस्थापन हुन जरुरी देखिन्छ ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्