ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

युवालाई बीमा सिकाउँदै महालक्ष्मी लाइफ

२०७८ भदौ, २८  
बजार
Chelsea International NA

काठमाडौं (अस) । महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवा वर्गमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिने यो कार्यक्रमका लागि कम्पनीको सञ्चालक समितिको गत भदौ २५ गतेको निर्णयअनुसार असोजभरि देशव्यापी बीमा जागरण अभियान सञ्चालन गर्न लागिएको हो । दुई वर्षे यो अभियानमा आव ०७८/७९भित्र २५ वटा जिल्ला र आव ०७९/८० मा बाँकी जिल्लामा कार्यक्रम सञ्चालन गरिने कम्पनीले बताएको छ ।

कार्यक्रमअन्तर्गत १६ वर्षमाथिका प्लस टु अध्ययनरत युवालाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रको जानकारीका साथै बीमाबारे तालिम दिइनेछ । कम्पनीका वरिष्ठ अधिकृत, अनुभवी र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिले प्रशिक्षण दिने कार्यक्रम रहेको कम्पनीले बताएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देशभरिका कम्पनीका वरिष्ठ अधिकृत तथा अगुवा अभिकर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रीय समिति गठन गरिनेछ । यस्तै, जिल्ला–जिल्लामा बीमा जागरण कार्यक्रम सञ्चालन गर्न कम्पनीको जिल्लास्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिनेछ । प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतले कार्यक्रमको निर्धारण, सञ्चालन र अनुगमन गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्