ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सेञ्चुरी बैंकको सेञ्चुरी रेमिट प्रिमियम खाता

२०७८ भदौ, २८  
शेयर / बैङ्किङ गतिविधि
Chelsea International NA

काठमाडौं (अस) । सेञ्चुरी कमर्सियल बैंकले ग्राहक सुविधालाई लक्षित गरी सेञ्चुरी रेमिट प्रिमियम नयाँ बचत खाता सुरु गरेको छ । १ हजार रुपैयाँ न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक साढे ५ प्रतिशतका दरले त्रैमासिक ब्याज भुतmानी गरिनेछ ।

यो खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढी ब्याज भुक्तानीका साथै इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ निस्शुल्क उपलब्ध हुने बैंकले बताएको छ । उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुविधा पनि ग्राहकले पाउनेछन् । रेमिटमार्फत आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न  ग्राहकले आफूलाई सहज बैंकका कुनै पनि शाखामा गई सेञ्चुरी रेमिट प्रिमियम खाता खोल्न सक्नेछन् । खाता खोल्न कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ । बैंकले हाल १२६ शाखा, १० एक्सटेन्सन काउन्टर र १८ शाखारहित इकाइबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्