ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भोजपुरमा सतुवाको व्यावसायिक खेती शुरू

२०७८ भदौ, २८  
प्रदेश ०१
Chelsea International Image Not Found

भोजपुर (अस) । बहुमूल्य जडीबुटी सतुवाको व्यावसायिक खेती भोजपुरमा शुरू गरिएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाको माथिल्लो क्षेत्रमा यसको व्यावसायिक खेती शुरू गरिएको हो । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिको रूपमा प्रयोग गरिँदै आएको छ ।

विशेषगरी पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामीलाई सतुवा खुवाइने गरिन्छ । १ हजार ८०० देखि ३ हजार मिटरसम्मको उचाइमा हुने सतुवा भारत र चीन निकासी हुँदै आएको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका कृषक तथा व्यवसायी संगम राईले बताए ।

यसको मूल्य प्रतिकेजी रू. १२ हजारसम्म विक्री हुने गरेको कृषकहरूको भनाइ छ । जिल्लाका तिम्मा, खम्वुखा, मझौले, तीनतले, किमालुङ सुन्तलेका ३० भन्दा बढी कृषकले यसको व्यावसायिक खेती शुरू गरेको डिभिजन वन कार्यालय भोजपुरले जानकारी दिएको छ । सतुवाको एक बिरुवाको मूल्य २० देखि १५० रुपैयाँसम्म पर्ने कृषकहरू बताउँछन् । अहिले अधिकांश कृषकले बिरुवा तयार गरेका छन् । विक्रीको समस्या नहुने र पर्याप्त मूल्य समेत पाइने भएपछि कृषकहरू यसको खेतीतर्फ आकर्षित बनेका छन् ।  

सतुवा कृषक मानबहादुर राईका अनुसार तीन वर्षपछि मात्र यसबाट उत्पादन लिन सकिन्छ । ‘मेरो नर्सरीमा अहिले ७ हजाभन्दा बढी बिरुवा छन्,’ उनले भने, ‘यस वर्ष एक केजी जति बीउ उत्पादन हुन्छ । यसको नर्सरी गर्दा दुई हजार केजीभन्दा बढी उत्पादन हुन्छ, जसबाट एक वर्षमा १६÷१७ लाख आम्दानी हुन्छ ।’ डिभिजन वन कार्यालयले सतुवा खेतीमा यस वर्ष अनुदान समेत दिएको छ । कृषकले गरेको सतुवा खेतीको क्षेत्रफल र उत्पादनको आधारमा अनुदान वितरण गरिएको वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्