ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रत्ननगर नपाले करमा २० प्रतिशतसम्म छूट दिने

२०७८ भदौ, २८  
वाग्मती प्रदेश
Chelsea International Image Not Found

चितवन (अस) । रत्ननगर नगरपालिकाले करमा २० प्रतिशतसम्म छूट घोषणा गरेको छ । चालू आर्थिक वर्षमा करको लक्ष्य प्राप्तिका लागि नगरपालिकाले एकीकृत सम्पत्ति करमा १० प्रतिशत, घरबहाल करमा ७ प्रतिशत र व्यवसाय करमा २० प्रतिशत छूट दिने भएको हो । चालू आर्थिक वर्षको कात्तिक मसान्तभित्र एकीकृत सम्पत्ति कर बुझाएमा १० प्रतिशत, घर बहाल करमा ७ प्रतिशत र व्यवसाय करमा २० प्रतिशत छूटको व्यवस्था गरिएको राजस्व शाखा प्रमुख धर्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार विगतका आर्थिक वर्षको व्यवसाय कर कात्तिक मसान्तभित्र बुझाएमा जरिवानामा ५० प्रतिशत छूट दिइएको छ । करलाई थप प्रभावकारी बनाउन सूचना प्रकाशित गरेर करदातालाई समयमै कर बुझाएर छूट अफरको लाभ लिन नगरपालिकाले सूचीत गरेको छ ।

कर नतिर्ने, कर छल्ने तथा झुटो विवरण पेश गर्ने कार्य गरेमा कानून बमोजिम कारबाही, दण्डजरिवाना र नगरपालिकाबाट उपलब्ध हुने सेवा सुविधाबाट वञ्चित गरिने बताइएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा करीब १० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । करदाताले समयमै कर नबुझाउने, व्यवसाय दर्ता गर्न आनाकानी गर्ने प्रवृत्तिका कारण रत्ननगरमा लक्ष्य अनुसार कर संकलन हुन नसकेको छैन । रत्ननगर बजार क्षेत्रका करीब ४० प्रतिशत व्यवसायी अझै करको दायरामा नआएको अनुमान गरिएको छ ।  करको दायरा बढाउन  नगरपालिकाले गतवर्ष घरदैलो कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्