ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

वार्षिकोत्सव अवसरमा चोकोफनले ल्यायो नयाँ अभियान

२०७८ भदौ, २८  
बजार
Chelsea International Image Not Found

काठमाडौं (अस) । चोकोफोन उत्पादक कम्पनी सुजल फुड्स प्रालिले २० औं वार्षिकोत्सव अवसरमा चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ ।  ‘वन्ली चोकोफोन’ सन्देश बोकेको यो विज्ञापन अभियानलाई टेलिभिजन विज्ञापनमार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । कम्पनीको उत्पादन चोकोफन चकलेट र वेफर बालबालिकाको रोजाइमा पर्दै आएको छ ।

बालबालिकाको विभिन्न रमाइला पलमा चोकोफनको साथले थप खुुसी दिलाउने उद्देश्यअनुरूप नयाँ विज्ञापन अभियान थालिएको कम्पनीको भनाइ छ । विज्ञापन अभियानको प्रवद्र्धन पत्रपत्रिका, रेडियो, डिजिटल बोर्ड, सामाजिक सञ्जालमार्फत पनि प्रवाह गरिने कम्पनीले जानकारी दिएको छ । यो विज्ञापनलाई बालबालिकाले आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने दाबी कम्पनीको छ । विज्ञापनमा बालबालिका एकअर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको देखाइएको छ । चार दशकदेखि चकलेट उत्पादन गर्दै आएको सुजल फुड्स आईएसओ २२०००ः२०१८ प्रमाणित कम्पनी हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्