ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल बंगलादेश क्यापिटलको तेस्रो साधारण सभा असोज १८ गते

२०७८ भदौ, २८  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा असोज १८ गते हुने भएको छ ।

सभा इन्द्रेणी फुडल्याण्ड, बानेश्वर काठमाडौंमा दिनको ४:१५ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने रहेको छ । साथै, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत रहेको छ । 

साथै, सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्