ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

निशान लिफमा टेस्ट ड्राइभ सप्ताह

२०७८ भदौ, २८  
बजार
Chelsea International Image Not Found

काठमाडौं (अस) । निशान कम्पनीले जापानमा उत्पादित विद्युतीय गाडी निशान लिफ काठमाडौंमा टेस्ट ड्राइभका लागि उपलब्ध गराएको छ ।

नेपालमा निशान तथा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले भदौ २८ देखि असोज ४ गतेसम्म निशान लिफ टेस्ट ड्राइभ सप्ताह सञ्चालन गर्न लागेको हो । यो सप्ताहमा सहभागी इच्छुक ग्राहकले टेस्ट ड्राइभ गरी विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मूल्यांकन सुविधा तथा वित्तपोषण सुविधा पाउनेछन् ।

टेस्ट ड्राइभ सप्ताह निशान कम्पनीको काठमाडौंमा रहेको थापाथली तथा उत्तरढोका सोरुममा बिहान १० बजेदेखि सुरु हुनेछ ।

निशान लिफ नेपालमा ११ रंगमा उपलब्ध छ ।  यो गाडीको ४ ड्राइभिङ मोड तथा विश्वस्तरीय सुरक्षा मापदण्ड एबीएस, ईबीडी तथा बीएले गर्दा विभिन्न प्रकारका सडकमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको कम्पनीको दाबी छ ।

सुरक्षा मापदण्डका हिसाबले विश्वव्यापी रूपमा निशान लिफमा मृत्यु हुनेको संख्या शून्य रहेको कम्पनीले बताएको छ ।

यो गाडीको ब्याट्रीमा कम्पनीले ८ वर्षे वारेन्टी दिँदै आएको छ, जुन कुनै अन्य गैरविद्युतीय गाडीको तुलनामा ग्राहकलाई धेरै सस्तो पर्छ ।

निशान लिफ ४० किलोवाट आवर ब्याट्रीको साथमा उपलब्ध छ, जसले ३११ किमिसम्मको दूरी तय गर्छ । यसको इलेक्ट्रिक मोटरले १५० पीएस र ३२० एनएम टर्क दिन्छ । त्यस्तै, निशान लिफको अधिकतम गति १४० किमि÷घन्टा छ । नेपालमा वातावरणमैत्री सवारीसाधन चलाउन इच्छुक ग्राहकका लागि कम्पननीले निशान लिफको ५९ लाख ९९ हजार रुपैयाँमा मूल्य तोकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्