ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रि - ओपन सेसनमा नेप्से परिसूचक १५.३९ अंकले बढ्यो

२०७८ भदौ, २८  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १५ दशमलव ३९ अंकले बढेको छ ।

 प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ९६२ दशमलव ८१ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका ६१ ओटा कम्पनीको १७ हजार ६६७ कित्ता शेयरको रू. १ करोड २१ लाख ५८ हजार ८७२ बराबरको शेयर खरीदविक्री भएको छ ।

त्यसैगरी प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री हाइड्रो इलेक्ट्रीसिटी एण्ड डेभलपमेण्ट कम्पनीको भएको छ । उक्त अवधिमा कम्पनीको रू. १८ लाख ७४ हजार ६३९ बराबरको शेयर खरीदविक्री भएको हो ।

 त्यसैगरी कारोबारमा आएका ६१ ओटा कम्पनीहरु मध्ये ५० ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने छ ओटा कम्पनीको शेयरमूल्य घटेको छ ।  त्यस्तै चार ओटा कम्पनीको भने शेयरमूल्य स्थिर रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्