ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रभु बैंकको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज

२०७८ भदौ, २८  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । प्रभु बैंकको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज रहेको छ ।

कम्पनीले भदौ १५ गतेदेखि २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीको यस लिलामीमा शेयरमा संस्थापक शेयरधनीसहित अन्य इच्छुक ब्याक्ति तथा संघसंस्थाले सोमवार बैंकिङ समयसम्म लिलामी शेयरमा आवेदन गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. २१० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य तोकी बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।

बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्र भदौ ३० गते बिहान १० बजे मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसार, कमलादीमा खालिने कम्पनीले बताएको छ । विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्