ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

घोडीघोडा लघुवित्तको विशेष साधारण सभा असोज १६ गते 

२०७८ भदौ, २८  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो विशेष साधारण सभा असोज १६ गते आयोजना गरेको छ । 

सभा बिहान ११ बजे होटल रुवस बैयाबेहडी, धनगढी, कैलालीमा गर्ने जानकारी गराएको हो । सभाले यस घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पनि पारित गर्नेछ । 

घोडीघोडा लघुवित्तको १०० कित्ता शेयर बराबर युनिक लघुवित्तको ५० कित्ता शेयर (१:०.५०) शेयर अदान प्रदान अनुपातलाई पारित गर्नेछ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । 

यी दुई कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रारम्भीक समझदारी पत्रमा २०७७ कात्तिक २१ गते हस्ताक्षर गरेसँगै २०७७ कात्तिक २३ गतेदेखि शेयर कारोबार रोक्का रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्