ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पठाओको दशैं महोत्सव : राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका 

२०७८ भदौ, २८  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं। राइड सेयरिङ सेवा पठाओ नेपालले बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरि पठाओ दशैं महोत्सव घोषणा गरेको छ ।

महोत्सवमा राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका रहेको छ । असोज १ गतेदेखि २० सम्म चल्ने महोत्सवमा हरेक हप्ता पाँच जना टप राइडर, तीन जना टप क्यापटेन र एक जना टप फुडम्यानलाई उपहारहरु प्रदान गरिने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

यो २० दिनको महोत्सव अन्तर्गत हरेक हप्ता राइडर, फुडम्यान र क्याप्टेन (ट्याक्सी चालक) ले पहिलो उपहार मोबाइल, दोस्रो उपहार टिभी, तेस्रो उपहार फ्रिज, चौथौ उपहार भ्याकुम क्लिनर र पाचौं उपहारमा मिक्सर जित्न सकिनेछन् । 

महोत्सवको अन्तिममा तीन हप्ताका विजेताहरूबाट एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २ भी प्राप्त गर्नेछन् । त्यसैगरी  उत्कृष्ट तीन पठाओ सेवाग्राहीले आईफोन १२ प्रो मोबाइल जित्ने अवसर प्राप्त गर्नेछन् ।

पठाओ नेपालको मार्केटिङ हेड सुरक्षा हमालका अनुसार कोभिडको समयमा पनि काममा खटेर सेवाग्राहीको दैनिकी सहज बनाउन देखाएको मेहनत र उत्साहलाई सम्बोधन गर्दै दशैं महोत्सव सार्वजनिक गरिएको हो ।ु

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा शुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा शुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा शुरु गरेको थियो। 

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले पठाओ बजार पनि शुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरि जेठ ३० गतेदेखि शुरु गरिएको पठाओ बजार परिक्षणका क्रममा रहेको छ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्