ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भारतमा कोरोना संक्रमितको संख्यामा कमी  हुँदै     

२०७८ भदौ, २८  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found

भदौ २८, नयाँदिल्ली  । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि कमी आएको छ ।

पछिल्ला केही दिनदेखि दैनिक संक्रमितहरुको संख्यामा लगातार कमी हुँदै आएको अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमवार सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ संक्रमित थपिएका छन् ।     
     
अघिल्लो दिन सार्वजनिक गरिएको विवरणमा भने २८ हजार ५९१ जना नयाँ संक्रमितहरु थपिएको उल्लेख गरिएको थियो । त्योभन्दा अघिल्लो दिन शनिवार बिहान भारतमा कोरोनाभाइरसबाट एक दिनमा थप ३३ हजार ३७६ जना संक्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । त्यसदिन नयाँ थपिएका संक्रमितमध्ये २५ हजार १० जना केरलाका मात्रै रहेका थिए ।     
     
भारतमा सोमवार बिहानसम्ममा कुल संक्रमितहरुको संख्या३ करोड ३२ लाख ६४ हजार १७५ पुगेको मन्त्रालयले बताएको छ ।नयाँ संक्रमितमध्ये केरलामा धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा केरलामा मात्रै २० हजार २४० जना नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्यामा पनि धेरै कमी आएको छ । भारतमा अहिले ३ लाख ७४ हजार २६९ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले बताएको छ । यो संख्या ८० दिनपछिकै सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् ।     
     
दैनिक नयाँ संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या बढी भएकाले संक्रमित अवस्थामै रहेकाहरुको संख्यामा  कमी आएको हो । पछिल्लो २४ घण्टामा २७ हजारभन्दा बढी नयाँ संक्रमित थपिंदा ३७ हजारभन्दा बढी संक्रमितहरु घटेका छन् । संक्रमणमुक्त भएकाहरुको संख्या र नयाँ थपिने संक्रमितको संख्या १० हजारभन्दा बढी फरक परेको छ ।     
     
भारतमा अहिलेसम्म कुल ३ करोड २४ लाख ४७ हजार ३२ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख ४२ हजार ८७४ जनाको मृत्यु भएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा २१९ जनाको मृत्यु भएको हो । भारतमा कोरोनाभाइरसका कारण दैनिक मृत्यु भएकाहरुको संख्यामा पनि कमी आएको छ । अघिल्लो दिन ३३८ जनाको मृत्यु भएको थियो । रासस/ एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्