ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

जनताको जीवनस्तर सुधार भए मात्र समृद्ध नेपाल बन्छ : मन्त्री भुसाल      

२०७८ भदौ, २८  
समाचार
Chelsea International Image Not Found

भदौ २८,  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर सुधार भएपछि मात्र समृद्ध नेपाल बन्ने बताउकी छन् ।

राज्यका सबै निकायले आफ्नो सामाजिक एवं नागरिकप्रतिको दायित्व इमान्दारीपूर्वक पूरा गर्नुपर्नेमा उनले जोड दिइन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन, वाणिज्य बैंक लिमिटेडको चौथो केन्द्रीय महाधिवेशनको सोमवार उद्घाटन गर्दै मन्त्री भुसालले व्यापारिक दृष्टिकोणबाट मात्र हेरेर नहुने भन्दै गरिबी न्यूनीकरणमा योगदान दिनुपर्ने बताइन् ।
     
 जनआन्दोलनबाट ठूलो राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा त्यति ठूलो परिवर्तन नआएका कारण राजनीतिकर्मी, कर्मचारी एवं उद्योगी तथा व्यापारीका बारेमा आलोचना हुने गरेको सुनाउँदै उनले जनताको त्याग र बलिदानबाट प्राप्त परिवर्तनको अनुभूति हुनु आवश्यक रहेको बताइन् ।

आफूमन्त्री भएपछि जनताकै पक्षमा निर्णय गरेको उल्लेख गर्दै उनले २० युनिटसम्म बिजुली बाल्ने जनताले निःशुल्क पाउने र यो निर्णयबाट २८ लाख ५० हजार घरपविार लाभान्वित हुने पनि बताइन् ।
     
 त्यसैगरी बिजुलीको महसुल दर घटाएर जनतालाई राहत दिने निर्णय गरेको मन्त्री भुसालको भनाइ थियो । उमन्त्री भुसालले सिंचाइमा प्रयोग हुने स्यालो ट्युबवेलमा लाग्ने विद्युत् महसुल निःशुल्क र डिप ट्युबवेलमा लाग्ने महसुलमा ५० प्रतिशत छूट गर्ने निर्णय गरेको जानकारी दिइन्।     

लामो प्रयासपछि संघीय सांसदको खाता वाणिज्य बैंकमा सञ्चालन भएर तलब र भत्ता बुझ्ने अवस्था सृजना भएको स्मरण गर्दै मन्त्री भुसालले कर्मचारी, व्यवस्थापन र सरकारको एकीकृत प्रयासबाट वाणिज्य बैंकले जनताको सेवा गर्नुपर्ने बताइन् । 

सो अवसरमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वाणिज्य बैंकको पूँजी संरचना बढाउनका लागि सरकारले पहल गर्नुपर्ने बताए । उनले ठूला निजी बैंकसँग प्रतिस्पर्धा गर्नका लागि पनि पूँजी वृद्धिमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

उनका अनुसार हाल वाणिज्य बैंकले ७७ ओटा जिल्लाका २४७ ओटा शाखाबाट ३८ लाख ग्राहकलाई सेवा दिइरहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्