ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल फाइनान्सको साधारण सभा सम्पन्न, ७० % हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित

२०७८ भदौ, २८  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । नेपाल फाइनान्स कम्पनीको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट हालै सम्पन्न भएको हो । सभाले कम्पनीले १ : १.७५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्ति पछि कायम चुक्तापूँजीको ७० प्रतिशत अर्थात् १: ०.७० अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने गाभिने तथा प्राप्ति गर्ने कार्य अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

ललितपुर फाइनान्सलाई प्राप्ति पछि कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ३४ लाख ९६ हजार पुग्नेछ । ७० प्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. ८३ करोड भन्दा बढी पुग्नेछ । 

हकप्रद शेयर निष्कासन प्रक्रिया साधारण सभाबाट पारित भएसँगै नियामक कम्पनीले निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र निष्कासन गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्