ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

‘नमस्ते पे’ अनलाइन भुक्तानी सेवा मंगलवारदेखि सञ्चालनमा आउँदै

२०७८ भदौ, २८  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । नेपाल डिजिटल पेमेन्ट कम्पनीले मंगलवारदेखि अनलाइन भुक्तानी सेवा शुरु गर्ने भएको छ ।

स्रोतका अनुसार शुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प मात्र उपलब्ध हुनेछन् । 

कम्पनीमा नेपाल टेलिकमको मुख्य लगानी रहेको छ । नमस्ते पे एप केही महीनादेखि आन्तरिक परीक्षणमा रहेको थियो । कम्पनीले थप तयारी पुरा गर्दै ‘नमस्ते पे’ को सेवा सञ्चालनमा ल्याउन लागेको हो । 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले ट्वीटरमार्फत नमस्ते पे मंगलवारदेखि सञ्चालनमा आउन लागेको उल्लेख गरेका छन् ।  वालेटमा रकम लोड गर्न सकिने गरी केही बैंकलाई जोडिएको छ । प्रयोगकर्ताले मोबाइल एप तथा यूएसएसडी कोडमार्फत भुक्तानी गर्न सक्नेछन् ।

शुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत् तथा पानीको बिल भुक्तानी लगायतका सेवा उपलब्ध हुनेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्