ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सामान्य अंकले बढेको बजारमा तीन ओटा कम्पनीको शेयरमूल्यमा सर्किट

२०७८ भदौ, २८  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार केही तल माथि गर्दै अन्त्यमा शून्य दशमलव २७ अंकले बढेको छ ।  

समान्य अंक बजार बढ्दा कारोबारमा आएका २२६ ओटा कम्पनीमध्ये तीन ओटा कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि भएको छ ।

 अजोड इन्स्योरेन्स कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएको हो । 

ती तीनओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । अजोड इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता रू. ८५९ दशमलव १०, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको रू. ६८७ दशमलव २० र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य रू.६६१ दशमलव ९० पुगेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्