ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणका कारण १६ जनाको मृत्यु

२०७८ भदौ, २८  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । नेपालमा  विगत २४ घण्टामा ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार सो अवधिमा पीसीआर विधिबाट कुल १ हजार १४९ जना र एन्टीजेन परिक्षण विधिबाट ३३७ जना गरि कुल १ हजार ४८६ जना संक्रमित थपिएको हो ।

सो अवधिमा १ हजार २६० जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट निको हुने प्रतिशत ९५ दशमलव २ रहेको मन्त्रालयले बताएको छ ।

देशभर हाल २६२ जना क्वारेन्टाइनमा रहेका छन् ।नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । मन्त्रालयका अनुसार अहिले देशभर संस्थागत आईसोलेशनमा १ हजार ६७२ जना रहेका छन् भने होम आईसोलेशनमा २४ हजार ९५८ जना रहेका छन् ।

त्यसैगरी मुलुकका विभिन्न अस्पतालमा कोरोनाका ४७५ जना संक्रमितको आईसीयूमा उपचाररतरहेका मध्ये १३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ  । विगत २४ घण्टामा १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म १० हजार ९६५ पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्