ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रदेश नं १ मा एग्रि बिजनेस इन्क्युबेसन प्रोग्रामका लागि आवेदन खुला

२०७८ भदौ, २८  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आईडिया स्टुडियो नेपालले पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा ‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’ का लागि आवेदन खुला गरेको छ । 

भूमी व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्वर १ समेत सहयोगी रहेको उक्त कार्यक्रमका लागि प्रदेश नम्वर १ का इच्छुकहरुले मकै, दुग्धजन्य पदार्थ, तरकारी र अलैचीमा केन्द्रित रहेर आफ्नो व्यवसायिक आईडिया पेश गर्न सक्ने छन् । 


आवदेन गर्ने अन्तिम मिति अक्टोबर १२ सम्म रहेको छ ।  पेश भएका आवदेनमध्ये एग्रि विजनेस इन्क्युबेसन प्रोग्रामका लागि उत्कृष्ट १० ओटा आईडियाहरु सर्टलिस्टेड गरिनेछ । ती आईडिया पेश गर्ने प्रतिस्पर्धीहरुले एक हप्ता लामो वृहत उद्यमशिलता सम्बन्धि प्रशिक्षण बूटक्याम्प, पाँच महीना लामो मेन्टरशिप र व्यवसायिक विकास इन्क्युबेसनमा सहभागिताको अवसर पाउन सक्ने छन् ।

 एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम अन्तर्गत सहभागीहरुले आफ्नो व्यवसायिक आईडियाबाट एउटा मूर्त प्रोटोटाइप, व्यवसायिक रणनीति र वित्तीय सहयोग पाएर मार्केट रेडी कमर्सियल प्रोडक्टको रुपमा आफूलाई विकास गर्न सक्ने छन् । 

सो कुराको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरणकी रीमा श्रेष्ठले कार्यक्रमको लक्ष्य मकै, अलैंची, डेरी र तरकारीहरुको मूल्य, सेवाहरु र प्रशोधनको लागि प्लेटफर्म प्रदान गर्ने बताइन् । 

पूर्वाञ्चल विश्वविद्यालयका सहायक डीन सोनीला शाक्यले यस्ता कार्यक्रमले उद्यमीहरुलाई अझै नविनतम विचारहरु सोच्न प्रोत्साहन गर्ने बताइन् ।मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुदन्डाले धेरैभन्दा धेरै स्टार्टअपहरुलाई आफ्नो व्यापार बजारीकरण गर्नको लागि प्रशिक्षित गर्न आवश्यक रहेको बताए ।

भूमि व्यवस्थापन, एग्रिकल्चर तथा सहकारी मन्त्रालयका पशुपति पोखेलले प्रदेश नं १ को उद्यमी पारिस्थितिकी तन्त्र निर्माण गर्न खोजिरहेको बताउम्दै त्यसलाई बढावा दिनको लागि साझेदार संगठनहरुबाट सबै प्रतिनिधि संस्थाहरु क्षमता विकास कार्यक्रममा समावेश हुने बताए ।

आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले विगत सात वर्षदेखि विभिन्न स्टार्टअप र व्यवसायहरुसँग नजिकबाट काम गरिरहेको बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्