ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

उद्योग परिसंघले गठन गर्‍यो उद्योग, बैंक तथा वित्तीय संस्था र रोजगादाता समिति 

२०७८ भदौ, २८  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । नेपाल उद्योग परिसंघले उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगादाता समिति गठन गरेको छ। 

परिसंघका राष्ट्रिय परिषद समिति सदस्य गोकुल भण्डारीको अध्यक्षतामा उद्योग समिति गठन भएको छ। समितिको कोअर्डिनेटिङ उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी रहेका छन् ।

त्यसैगरी समितिको सह- अध्यक्षमा शरदकुमार तिवडेवाला छन् भने सदस्यहरूमा अमिरप्रताप राणा, आयुषी केसी, अमितकुमार बेगानी, अमितकुमार मोर, अमुल श्रेष्ठ, गौरव गोयल, राहुलकुमार अग्रवाल, राजीवकुमार गुप्ता, रोहित लोहिया, शिलशिला आचार्य, सुरजभक्त पौडेल, ताराप्रसाद पौडेल, तेन्जिङ जोपा लामा, वरुणकुमार तोदी र विजय दुगड रहेका छन् ।समितिले औद्योगिक वातावरण तयार गर्न सरोकारवालासँग सहकार्य गर्ने परिसंघले बताएको छ। 
 
यस्तै परिसंघका राष्ट्रिय परिषद सदस्य अनलाज भट्टराईको सभापतित्वमा बैंक तथा वित्तीय संस्था समिति गठन भएको छ। समितिको कोअर्डिनेटिङ उपाध्यक्ष रोहित गुप्ता रहेका छन् । 

परिषदका सदस्यहरूमा अमित मोर, अर्पित अग्रवाल, आशिष अग्रवाल, अशोक शेरचन, वर्षा श्रेष्ठ, भेषराज दवाडी, विनोद आत्रेय, गुरु न्यौपाने, मनिष खेमका, निकोलश पाण्डे, सौरभ दुगड, दिवस न्यौपाने, अनिल शर्मा, आनन्द शर्मा वाग्ले र हिमांशु गोल्छा रहेका छन् ।समितिले बैंकिङ क्षेत्र र लगानीकर्ताबीच सम्बन्ध विस्तार गर्ने काम गर्नेछ। 
 
त्यसैगरी परिसंघका राष्ट्रिय परिषद सदस्य अमित बेगानीको अध्यक्षतामा रोजगारदाता परिषद गठन भएको छ। परिषदको कोअर्डिनेटिङ उपाध्यक्षमा उपाध्यक्ष राजेशकुमार अग्रवाल रहेका छन् ।

परिसंघको सदस्यहरूमा अजयराज जोशी, अमित मोर, अर्पित अग्रवाल, मनिष खेमका, राहुल अग्रवाल र रतनलाल केडिया रहेका छन् । यसैगरी परिसंघका कानूनी सल्लाहकार शैलनाथ गौतम समितिको आमन्त्रित सदस्य रहेका छन् ।परिषदले श्रम सम्बन्ध सुधारका लागि सरकार र सरोकारवालासँग सहकार्यमा काम गर्नेछ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्