ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बेलायतद्वारा भाल्नेभासँगको खोप खरीद सम्झौता रद्द 

२०७८ भदौ, २८  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found

भदौ २८, लन्डन (बेलायत) । बेलायत सरकारले फ्रान्सेली फर्मा कम्पनी भाल्नेभासँगको कोरोना भाइरस विरुद्धको खोप खरीद सम्झौता रद्द गरेको छ । 

भाल्नेभाले सोमवार यस्तो बताएको हो । बेलायतले कम्पनीसँग करीब १० करोड मात्रा खोपको लागि सम्झौता गरेको थियो । 

शुरुमा ६ करोड मात्राका लागि अनुरोध गरिएकोमा फेब्रुअरीमा मात्रा बढाएर १० करोडमा पुर्‍याइएको थियो । बेलायत सरकारले आफूलाई सम्झौता उल्लंघन सम्बन्धी सूचना पठाएको कम्पनीले एक विज्ञप्तिमा बताएको छ । 

सो आरोप कम्पनीले ठाडै अस्वीकार गरेको छ । कम्पनीको खोप अहिले पनि क्लिनिकल परीक्षणको चरणमा छ । तर कम्पनीले स्कटल्यान्डको लोथियानमा खोप उत्पादन शुरु गरिसकेको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्