ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बिलेटमा बढाएको कर फिर्ता गर्न स्टील रोलिङ मिल्स एशोसिएशनको माग 

२०७८ भदौ, २८  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । नेपाल स्टील रोलिङ मिल्स एशोसिएशनले सकारको नीति विभेदकारी भएको बताएका छन् । 

सोमवार पत्रकार सम्मेलन गर्दै संघले सरकारले बिलेट सम्बन्धी ल्याएको नीतिले केही उद्योगी मात्र लाभाञ्वित हुने र बाँकी उद्योग घाटामा जाने बताएका हुन् । उनीहरुले डण्डीमा बढाएको कर फिर्ता गर्न माग गरेका छन्। 

हालै सरकारले अध्यादेश मार्फत ल्याएको बजेटमा पत्रु पगालेर फलामे छड उत्पादन गर्ने र सोमा मिसाउन चाहिने कच्चा पदार्थ (स्पञ्ज आइरन) पैठारी गर्दा भन्सार र अन्त:शुल्क शून्य प्रतिशत लाग्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्री जनादर्न शर्माले चालू आर्थिक वर्षको संशोधित बजेटमार्फत फलामजन्य सामग्रीको कर बढाएका हुन् ।  

बजेटमा बिलेट आयात गर्दा ४ दशमलव ७५ प्रतिशत भन्सार कर लाग्ने उल्लेख छ। यसअघि आयत हुने बिलेटमा प्रतिमेट्रिक टन १ हजार ६५० रुपैयाँ अन्तशुल्क लाग्दै आएकोमा त्यसमा वृद्धि गरी प्रतिमेट्रिक टन २ हजार ५०० रुपैयाँ अन्तःशुल्क लगाएको छ ।  

त्यस्तै, स्पञ्ज आइरन आयातमा लाग्ने गरेको ५ प्रतिशत कर भने सरकारले हटाएको छ । त्यस्तै अन्त:शूल्क पनि हटाएको छ । यसअघि किलोमा १ रुपैयाँ ६५ पैसा थियो । स्पञ्ज आइरन र विलेट दुवै कच्चा पदार्थ नै हुन् जुन आइरन ओरबाट निर्मित हुन्छ । 

यसरी डण्डी उत्पादन गर्न आवश्यक कच्चा पदार्थ मध्ये एउटा कच्चा पदार्थमा मात्रै कर बढाउँदा बिलेट आयात गरी उत्पादन गरिने डण्डी स्वतः महँगो हुन जाने संघका पूर्व अध्यक्ष प्रदिप श्रेष्ठले बताए । 

‘स्पञ्ज आयात गर्नेसँग बिलेट आयात गर्ने उद्योगीहरूले प्रतिस्पर्धा गर्न सक्दैनन्, हामी त सोझै घाटामा जान्छौं,’ उनले भने । उनका अनुसार ६ ओटा उद्योगले स्पञ्ज आइरनबाट डण्डी उत्पादन गर्छन् भने २४ ओटा उद्योगहरुले विलेटबाट डण्डी उत्पादन गर्छन् । 

बिलेटबाट उत्पादित डण्डी प्रतिकिलो ५ देखि ६ रूपैयाँसम्म महँगो हुँदा उपभोक्ता मर्कामा पर्ने व्यवसायी अञ्जन श्रेष्ठले बताए । स्पञ्ज आइरनबाट उत्पादित सामान गुणस्तरीय नहुने हुँदा यसबाट निर्मित संरचना टिकाउ नहुने उनको भनाइ छ ।

ठूला आयोजना र राष्ट्रिय गौरवका आयोजनाहरुमा अन्तरराष्ट्रिय मापदण्ड अनुसारको ५०० डि ग्रेड नै आवश्यक हुन्छ ।  

‘स्पञ्ज आइरनबाट फलामे छड उत्पादन गर्दा ५०० डि ग्रेड बराबरको गुणस्तर हुन सक्दैन । उक्त गुणस्तरको लागि आयात गरिएको प्राइम बिलेट नै चाहिन्छ,’ उनले भने ।

व्यसायीका अनुसार पत्रु पगालेर डण्डी उत्पादन गर्दा पर्यावरणमा असर पर्दछ । चीनमा यस्तो प्रविधिलाई बन्द गरिएको छ भने भारतमा यस्ता उद्योगहरुलाई कडा निगरानीमा राखिएको छ ।

स्पञ्ज आईरनबाट डण्डी बनाउदा बिजुली खपत र रोजगारी त बढ्छ तर ९० देखि ९५ प्रतिशत रोजगारी पाउने वैदेशिक नागरिक मात्र हुने र उद्योग सञ्चालन गर्न भविष्यमा पनि वैदेशिक नागरिक नभई नहुने उनीहरूले बताएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्