ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बिओके क्यापिटलको साधारण सभा असोज २० गते, १८% लाभांश प्रस्ताव 

२०७८ भदौ, २९  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडले असोज २० गते छैठौ वार्षिक साधारण सभा बोलाएको छ । 

क्यापिटलको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले क्यापिटलको कार्यालय, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै १८ प्रतिशत नगद लाभांश प्रस्ताव समेत पारित गर्नेछ । क्यापिटलले आफ्नो चुक्तापूँजी रू. २१ करोडको आधारमा कर समेत रू. ३ करोड ७८ लाख बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । 

यसका साथै चालू आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारण र कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तनको विषयलाई पनि अनुमोदन गर्ने कार्यक्रम सभाका लागि तय भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्