ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नबिल ब्यालेन्स फण्ड-३ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

२०७८ भदौ, २९  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल ब्यालेन्स फण्ड-३ को इकाईमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । सोमवारसम्म १० करोड ७६ लाख ५३ हजार ८५० इकाईका लागि आवेदन परेको छ ।

सोमवार ११ बजे सम्ममा ९५ हजार २०५ जना आवेदकबाट उक्त इकाईका लागि आवेदन परेको नबिल इन्भेष्टमेण्ट बैंकिङले जानकारी गराएको हो । आवेदकले मंगलवार बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । 

फण्डले भदौ २५ गतेदेखि १० करोड इकाई विक्रीमा ल्याएको हो ।  फण्डले प्रतिइकाई रू. १० का दरले रू. १ अर्ब बराबरको १० करोड इकाई विक्रीमा ल्याएको हो ।

निष्कासन गरिने इकाईमध्ये कुल विक्री भएको इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकलाई सुरक्षित गरेको छ । 

त्यसैगरी, १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङलाई सुरक्षित गरेको र बाँकी रहेको ८ करोड ५० लाख इकाई लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । यस फण्डमो न्यूनतम १०० इकाईको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १ करोड इकाईको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

यो एक बन्दमुखी योजन हो । १० वर्ष अवधिको यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्