ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बेष्ट फाइनान्सको स्थगित साधारण सभा बुधवार हुँदै

२०७८ भदौ, २९  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बुधवार (भदौ ३० गते) २४ औं वार्षिक साधारण सभा गर्ने भएको छ । 

कम्पनीको साउन २८ गतेको सञ्चालक समितिको बैठकले संस्थाको केन्द्रिय कार्यालय, कमलादी , काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

यस अघि कम्पनीले गत वैशाख ३१ गते यो सभा आव्हान गरेको थियो । सो समयमा कोभिडका कारण सरकारले निषेधाज्ञा जारी गरेका कारण सभा स्थगित भएको थियो । 

सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृया अघि बढाउने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । 

सभाले संस्थापक र सर्वसाधारण तर्फबाट सञ्चालक निर्वाचनको गर्ने कार्यक्रम समेत रहेको छ । विभिन्न प्रस्ताव सहित आव्हान गरिएको सभा प्रयोजनका लागि कम्पनीले भदौ ८ गते (एक दिन) बुक क्लोज गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्