ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सानिमा बैंक – हिम इलेक्ट्रोनिक्स सम्झौता

२०७८ भदौ, २९  
शेयर / बैङ्किङ गतिविधि
Chelsea International NA

काठमाडौं (अस) । सानिमा बैंक र नेपालस्थित सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रालि एवं हिम इलेक्ट्रोनिक्सबीच सम्झौता भएको छ ।सम्झौताअनुसार बैंकका ग्राहकलाई सामसुङको फ्ल्यागसिप स्मार्ट फोन जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्ट फोन शून्य प्रतिशत मासिक किस्तामा उपलब्ध गराइनेछ ।

बैंकका ग्राहकले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोन जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिका लागि प्रि–बुकिङ गर्न सक्नेछन् । साथै, प्रि—बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सकिनेछ । भदौ २० गतेबाट प्रि–बुकिङ सुरु भएको उक्त मोबाइलको औपचारिक लञ्च आउँदो असोज ६ मा हुनेछ । प्रि–बुकिङ आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभरका आधिकारिक आउटलेटबाट प्राप्त गर्न सकिने बैंकले बताएको छ । हाल बैंकले १०४ शाखा तथा ९६ एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्