ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रि - ओपन सेसनमा २.५३ अंकले बढेर नेप्से २९५०.३७ विन्दुमा

२०७८ भदौ, २९  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ५३ अंकले वृद्धि भएको छ ।

प्रि -ओपन सेसनमा नेप्से परिसूचक २ हजार ९५० दशमलव ३७ विन्दुमा रहेको छ । उक्त अवधिमा कारोबारमा आएका १९ ओटा कम्पनीको ३ हजार ७८५ कित्ता शेयरको रू. २३ लाख ५७ हजार २५२ बराबरको शेयर खरीदविक्री भएको हो ।

प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री युनाइटेड मोदी हाइड्रोपावरको  भएको छ । उक्त कम्पनीको रू. ७ लाख ८ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका १९ ओटा कम्पनीमध्ये १३ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने चार ओटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यसैगरी एउटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्