ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मंगलवार सुनचाँदीको मूल्य स्थिर

२०७८ भदौ, २९  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा गत कारोबार दिन अर्थात् सोमवार रू. ४०० ले बढेको सुनको भाउ मंगलवार भने स्थिर रहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९० हजार ६०० मा कारोबार भएको छ । सोमवार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार १०० मा कारोबार भएको छ ।

यस्तै, मंगलवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमवार प्रतितोला रू। १ हजार २०० मा कारोबार भएको चाँदी मंगलवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्