ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बैंकिङ कसूर मुद्दामा ३० लाख जरिवाना पाएका अभियुक्त पक्राउ

२०७८ भदौ, २९  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषि भई फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले  सोमवार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ काँडाघारी बस्ने ३९ वर्षीय दीपक कार्कीलाई पक्राउ गरेको हो। 

उच्च अदालत पाटनले गत फागुन १८ गते कार्कीलाई बैंकिङ कसुरको मुद्दामा ३० लाख रूपैयाँ जरिवाना र सात दिन कैद सजाय तोकेको थियो। अदालतको आदेशपछि अभियुक्त लुकिछिपी वस्दै आएका थिए ।

अभियुक्त कार्कीलाई आवश्यक कार्वाहीका लागि  काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्