ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको शेयर लिलामीमा विक्री खुला 

२०७८ भदौ, २९  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । मुक्तिनाथ क्यापिटलको स्वामित्वमा रहेको ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको संस्थापक शेयर मंगलवारदेखि लिलामीमा विक्री खुला भएको छ । 

क्यापिटलले ज्योति विकास बैंकको २९ हजार २५० कित्ता र प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । ज्योति विकास बैंकको शेयरमा न्यूनतम रू. १४५ र प्रभु इन्स्योरेन्सको शेयरमा रू. ३५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न पाइनेछ । 

यो शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा कोही व्यक्ति, कम्पनी, संघ/ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यो शेयरमा कात्तिक ३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

आवेदकले न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्