ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एनआईसी एशिया बैंकको सर्वाधिक ८ करोड ४३ लाख बराबरको शेयर खरीदविक्री 

२०७८ भदौ, २९  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको एक घण्टाको अवधिमा एनआईसी एशिया बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

सो अवधिमा कारोबारमा आएका २०४ ओटा कम्पनीमध्ये उक्त कम्पनीको रू. ८ करोड ४३ लाख ४८ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९३८ मा कारोबार भइरहेको छ ।

यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ११ रुपैयाँले वृद्धि भएको हो ।  कम्पनीले विगतमा आकर्षका लाभांश वितरण गर्दै आएकाले राम्रो लाभांशको अपेक्षाका कारण कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्