ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

२०७८ भदौ, २९  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । सनराइज बैंकले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा खुला भएको छ ।

कम्पनीले भदौ १८ गतेदेखि इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता शेयर विक्रीमा ल्याएको हो । उक्त लिलामीमा शेयरमा इच्छुक आवेकदले असोज १ गते सम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ४२१ दशमलव ६३ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति,कम्पनी,संघ/ संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

आवेदकले न्यूनतम १ हजार कित्ताको लागि आवेदन गर्न सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्