ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रतिनिधि सभा : विनियोजन विधेयक स्वीकृत        

२०७८ भदौ, २९  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । प्रतिनिधि सभाको मंगलवारको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।     
     
 बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले अवरोध कायमै राखेका थिए । उक्त प्रस्तावलाई स्वीकृत गर्नुपूर्व बैठकमा विधेयकउपर सैद्धान्तिक छलफल भई उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।

सैद्धान्तिक छलफलमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए । 

यसैबीच संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ। एमाले सांसदहरुको नाराबाजीका बीच विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो। 

बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्दै प्रस्ताव प्रस्तुत गरेका थिए। लगत्तै सभामुख सापकोटाले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्