ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ        

२०७८ भदौ, २९  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई सुन्दरीजलबाट पक्राउ गरेको छ ।     
     
 प्रहरीको विशेष टोलीले बारा जिल्ला जीतपुर सिमरा स्थायी घर भई बूढानीलकण्ठ गोल्फुटार बस्ने २६ वर्षीय अनिस सुन्दासलाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो ।     
     
 अभियुक्त सुन्दासले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई लक्ष्मी बैंकको चेक दिएका थिए । 

उच्च अदालत पाटनले २०७७ चैत ८ गते सुन्दासलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम सात दिन कैद र ७ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्