ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

वित्तीय संस्थाका प्रमुखहरुले गरे क्लब गठन 

२०७८ भदौ, २९  
वाग्मती प्रदेश
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, सिन्धुपाल्चोक  । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेका वित्तीय संस्थाका प्रमुखहरुले क्लब गठन गरेका छन् । 

बैंक, जीवन बीमा कम्पनीहरु र लघुवित्त कम्पनीहरुमा आबद्ध शाखा प्रबन्धकहरुको भेलाले ‘बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स क्लब’ गठन गरेका हुन् । नेपाल बैंकका शाखा प्रबन्धक समिककुमार दाहालको अध्यक्षतामा सात सदस्यीय कार्य समिति गठन गरिएको छ । त्यस्तै उपसमितिमा लक्ष्मी बैंकका शाखा प्रबन्धक पवन सापकोटाको संयोजकत्वमा पाँच जना सदस्य रहेका छन् ।

चौतारा क्षेत्रमा आर्थिक कारोबार गर्ने वित्तीय संस्थाका प्रमुखहरु बीच समन्वय, विचारहरु आदानप्रदान गरि काम गर्न र सामाजिक कार्य गर्नका लागि क्लब गठन गर्न आवश्यक रहेको बैठकमा उपस्थित शाखा प्रबन्धकहरुले बताए । 

चौतारा क्षेत्रमा हाल नेपाल बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक, मेगा बैंक, कृषि बिकास बैंक, एनसिसि बैंक, लक्ष्मी बैंक र सिन्धु बिकास बैंकले सेवा दिइरहेका छन्  । त्यस्तै रिलायबल नेपाल लाइफ, युनियन लाईफ, ज्योति लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ, प्राइम लाइफ गरि छ ओटा बीमा कम्पनी र एक निर्जीवन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स रहेको छ ।

त्यस्तै छिमेक, स्वावलम्बन, एनएमबि, सिभिल, सामुदायिक, ग्लोबल, मानुषी र नेपाल सेवा माइक्रोफाइनान्स गरी  आठ ओटा लघुबित्त कम्पनीहरु सञ्चालनमा छन् । 

हाल चौतारामा सहकारीहरु बाहेक २२ ओटा वित्तीय संस्थाहरु सञ्चालनमा रहेको क्लबका अध्यक्ष दाहालले बताए । चौतारामा रहेका सबै वित्तीय संस्थाका शाखा प्रमुखहरुलाई क्लबमा सहभागिता गराई सामाजिक एवम् हकहितका कार्यलाई अगाडी बढाउने उनले बताए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्