ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थपिए १५६२ जना कोरोना संक्रमित, १९ जनाको संक्रमणका कारण मृत्यु

२०७८ भदौ, २९  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । नेपालमा विगत २४ घन्टामा १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार उक्त अवधिमा पीसीआर विधिबाट १ हजार १८० र एन्टिजेन विधिबाट ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा १४ हजार ४४३  ओटा नमूना परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा हालसम्म ८ लाख ६६ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।

मन्त्रालयका अनुसार सो अवधिमा थप १ हजार ५८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ४२ हजार ३०६ पुगेको छ । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेका छन् । जसमध्ये २४ हजार ६९० जना होम आईसोलेशनमा  रहेका छन् भने १ हजार ५१२ जना संस्थागत आईसोलेशनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५३ जना आईसीयू र १३७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्