ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

निक्केई ३१ वर्षकै उच्च विन्दुमा 

२०७८ भदौ, २९  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found
सांकेतिक चित्र

भदौ २९, टोकियो (जापान) । जापानको बेञ्चमार्क शेयर परिसूचक बढेर ३१ वर्षकै उच्च विन्दुमा उक्लिएको छ ।

 खोप विकासमा प्रगति भएको खबरका कारण लगानीकर्ताहरु उत्साहित बनेसँगै मंगलवार शेयर बजारमा वृद्धि भएको  हो । खोप मन्त्री तारो कोनोको नेतृत्वमा नयाँ सरकार बन्ने र आर्थिक स्टिमुलसका कार्यक्रमहरु आउने आशाले पनि शेयर बजार उक्लिएको हो ।

सोमवार बजार बन्द हुँदाको तुलनामा मंगलवार निक्केई २२५ परिसूचकांक बजार बन्द हुँदा २२ दशमलव ७३ अंकको वृद्धिसहित ३० हजार ६७० दशमलव १ अंकमा उक्लिएको छ ।

यो सन् १९९० को अगष्ट १ यताकै उच्च हो । बृहत टोपिक्स इन्डेक्स पनि २१ दशमलव १६ अंकले बढेर २ हजार ११८ दशमलव ८७ अंकमा पुगेको थियो । यो पनि सन् १९९० को अगष्ट ३ यताकै उच्च हो । बीमा, समुद्री यातायात र तेल तथा कोइला प्रडक्ट उद्योगको शेयरमा उच्च वृद्धि भएको छ । साथै खुद्रा र रेष्टुराँ क्षेत्रको शेयरमा पनि वृद्धि भएको छ ।

कोरोना भाइरस विरुद्धको खोप कार्यक्रममा प्रगतिका कारण लगानीहरुले धेरै जसो क्षेत्रका शेयर खरीद गरेको बजारसम्बद्ध स्रोतहरुले बताएका छन् । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्