ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा राजभण्डारी चयन

२०७८ भदौ, २९  
गण्डकी प्रदेश
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा मुकेशचन्द्र राजभण्डारी चयन भएका छन् । 

संगठनको मंगलवार भएको दोस्रो अधिवेशनले राजभण्डारीको अध्यक्षतामा १९ सदस्य नयाँ कार्य समिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा गगन पुन, कौशिला घर्ती, सुरज विक र प्रकाश शर्मा चयन भएका छन् । यस्तै महासचिवमा गोकुल कँडेल, सचिवमा प्रकाश रखाल, सहसचिवमा तुलसी नारायण भारी, कोषाध्यक्षमा मनकाजी विक र सह कोषध्यक्षमा नर बहादुर केसी चयन भएका छन् । 

यस्तै, सदस्यहरुमा कमला पुन, नर कुमार गौतम, गीता खड्का, राजु खड्का, गोविन्द सुवेदी, अजय मलेपती, तिल खत्री, जंग बहादुर राना, टेक बहादुर राना र हिदायत हुसेन रहेका छन् ।

अधिवेशनले ललिला थापाको संयोजकत्वमा ३ सदस्य महिला उपसमिति समेत गठन गरेको छ । समितिको सदस्यमा नरमाया पुन र सम्झाना श्रेष्ठ रहेकी छिन् । 

अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्याम बहादुर पाठकले सरकारले कर छूट, डुब्न थालेका व्यवसायीहरुलाई पुर्नउत्थान लगायतका ल्याउनुपर्ने बताए । 

उनले कोरोना कहरमा व्यवसायीहरु धेरै मारमा परेकोले राज्यले उद्योगी तथा व्यवसायीहरुको लागि व्याजमा साहुलियत, बहाल करमा छूट लगायतका राहतका प्याकेजहरु ल्याउनु पर्ने बताए ।

उनले व्यापार संगठनले राज्यलाई व्यवसायीहरुको मागको बारेमा जानकारी गराइरहेको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्