ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

निरज गिरीले पाए नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी 

२०७८ भदौ, २९  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेवोन) को निमित्त अध्यक्षको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई दिएको छ ।

अर्थ मन्त्रालयले भदौ २८ गतेबाट लागू हुने गरी बोर्डका कार्यकारी निर्देशक गिरीलाई प्रशासकीय कार्य सञ्चालनका लागि निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई गैरकानूनी ढंगबाट सर्वोत्तम सिमेण्टको शेयर खरीद गरेको भन्दै सरकारले गत भदौ १६ गते पदबाट निलम्बन गरेको थियो ।

भदौ १६ गते अर्थ मन्त्रालयको प्रस्तावमा बसेको मन्त्रिपरिषदको बैठकले ढुङ्गानालाई पदबाट निलम्बन गरी उक्त विषयको बारेमा छानबिन गर्ने निर्णय गरेको थियो ।सरकारले बोर्डका अध्यक्ष ढुङ्गानालाई निलम्बन गर्दै उक्त शेयर खरीद प्रकरणका विषयमा छानविन गर्न छानविन समितिमार्फत अनुसन्धान गरिरहेको छ । 

सरकारले नयाँ अध्यक्ष नियुक्ति  तथा छानविनको टुंगो नलागेसम्मका लागि धितोपत्रको बोर्डको दैनिक कार्यसम्पादनमा बाधा नपुगोस भन्ने उद्धेष्यले गिरीलाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो ।

अर्थ मन्त्रालय स्रोतले गिरीलाई बोर्डको सञ्चालक समितिको बैठकसमेत बोलाउन सक्ने गरी अख्तियारी दिएको बुझिएको छ । सञ्चालक समितिको बैठक बोलाउने अधिकार भएपनि अध्यक्षता भने ग्रहण गर्न नपाउने भनाइ अर्थ मन्त्रालयको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्