ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

साहस उर्जाले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट 

२०७८ भदौ, २९  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । साहस उर्जा लिमिटेडले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । 

कम्पनीले साउन २९ गतेदेखि भदौ ११ गतेसम्म ३५ लाख कित्ता साधारण शेयरको निष्कासन गरेको थियो । सो अवधिमा रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई बाँडफाँट सम्बन्धी प्रचलित कानून बमोजिम ३५ लाख कित्ता साधारण शेयर भदौ २८ गते बाँडफाँट गरेको जानकारी गराएको हो । 

साथै, बाँडफाँटमा नपरेको रकम सम्बन्धित आवेदकहरुको बैंक खातामा पठाउने पनि जानकारी दिएको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्