ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एमाजनले शुरुआती तलब बढाएर प्रतिघण्टा १८ डलरमा पुर्‍यायो 

२०७८ भदौ, २९  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found

भदौ २९, सनफ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय अनलाइन खुद्रा कम्पनी एमाजनले अमेरिकामा प्रतिघण्टा शुरुआती तलब करीब ६ प्रतिशतले बढाएर १८ डलरमा पुर्‍याएको छ ।

साथै कम्पनीले गोदाम घर र परिवहन कामदारका रुपमा थप १ लाद २५ हजार कर्मचारी भर्ना गर्ने भएको छ । मे महीनायता एमाजनले प्रतिघण्टा तलब बढाएर १७ डलरमा पुर्‍याएको थियो ।

केही स्थानमा कम्पनीले करारमा हस्ताक्षर गर्दा खेरि नै कर्मचारीहरुलाई ३ हजार डलर वा चार महीना अघिको तुलनामा तेब्बर बोनस दिइरहेको एमाजनका डेलिभरी सेवा उपाध्यक्ष डेभ बोजम्यानले बताएका छन् ।

कम्पनीले पछिल्लो समय तलबमा गरेको वृद्धि र एकमुष्ठ रुपमा दिइरहेको ठूलो आकारको बोनसले कर्मचारी भर्ती गर्न एमाजनले कत्तिको मरिहत्ते गरिरहेको छ भन्ने छर्लङ् बनाएको छ । 

कम्पनीले सन् २०१८ मा नै प्रतिघण्टा न्यूनतम् तलब १५ डलर कायम गरेको थियो । हालै मात्रै वालमार्टले पनि प्रतिघण्टा औसत तलब १६ डलर ४० सेन्टमा पुर्‍याएको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्