ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

जापानमा १०० वर्ष उमेर कट्नेको संख्या ८६ हजार ५०० 

२०७८ भदौ, २९  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found

भदौ २९, टोकियो (जापान) । जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेरको मानिसहरुको संख्या ८६ हजार ५०० को नयाँ उचाइमा पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलवार सार्वजनिक गरेको तथ्यांक अनुसार सेप्टेम्बर १५ सम्ममा देशभर सो उमेर समूहका ८६ हजार ५१० जना रहेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६ हजार ६० धेरै हो । योसँगै १०० वर्ष कट्नेको संख्या लगातार ५१ औं वर्ष पनि बढेको छ । 

कुल जनसंख्यामध्ये ८८ दशमलव ४ प्रतिशत अर्थात् ७६ हजार ४५० जना महिला छन् । । कुल मध्ये पुरुषको संख्या १० हजार ६० मात्रै रहेको छ । 

सो उमेर समूहका पुरुष जनसंख्या भने समीक्षा अवधिमा पहिलो पटक १० हजारमाथि आएको छ । सन् १९६३ मा जापानले यस सम्बन्धी तथ्यांक राख्न शुरु गरेको थियो ।

त्यति बेला १०० वर्ष वा सोभन्दा बढी उमेरको जनसंख्या १५३ मात्रै थियो । सन् १९८१ मा यो संख्या पहिलो पटक १ हजार नाघ्यो । यो जनसंख्या १० हजारको स्तर नाघ्न अर्को १७ वर्ष लाग्यो ।एजेन्सी 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्