ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

गूगललाई १७ करोड ७० लाख डलर जरिवाना तिराउँदै दक्षिण कोरिया 

२०७८ भदौ, २९  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found

भदौ २९, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको बजार प्रतिस्पर्धाको नियमन गर्ने निकायले अमेरिकी सर्च इञ्जिन कम्पनी गूगललाई १७ करोड ७० लाख डलर जरिवाना तिराउने भएको छ । 

सामसङ लगायतका स्मार्टफोन निर्माताहरुलाई अन्य अपरेटिङ सिष्टम प्रयोग गर्नबाट जानीजानी रोक लगाएको भन्दै नियामकले उक्त कम्पनीलाई सो जरिवाना तिराउन लागेको हो । 

यो दक्षिण कोरियाले कुनै पनि कम्पनीलाई प्रतिस्पर्धा सम्बन्धी नियम तोडेको आरोपमा तिराएको अहिलेसम्मकै ठूलो जरिवाना हुनेछ । कम्पनीले जरिवाना विरुद्ध कानूनी लडाई लड्ने बताएको छ ।

कोरियाली अधिकारीहरुले कम्पनीको सफ्टवेयर नीतिले हार्डवेयर पाटर्नर र उपभोक्ताहरुलाई भएको लाभलाई वेवास्ता गरेको आरोप गूगलले लगाएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्