ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

धरानमा घरेलु उद्योग स्थापना गर्ने उद्योगीहरुलाई सम्मान

२०७८ भदौ, २९  
प्रदेश ०१
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, धरान । संस्कृति जोगाउन स्थानीय स्तरमै उत्पादन भएका सांस्कृतिक पहिरनका घरेलु उद्योग स्थापना गर्ने उद्योगीहरुलाई सम्मान गर्न थालिएको छ । 

पछिल्लो समय कोरोना महामारीका कारण ठूला ठूला उद्योग धरासायी बन्दै गएको समयमा घरेलु उद्योगहरु पनि प्रभावित भएका थिए । घरेलु उद्योगलाई प्रोत्साहन गर्दै चौबिसे समाज धरानले सम्मान गर्ने परम्पराको थालनी गरेको हो । समाजले धरानमा लामो समयदेखि ढाका उद्योग सञ्चालन गर्दै आएकी उद्यमी यमुना तुम्सा संयकलाई सम्मान गरेको छ ।

नेपाल सरकारको अवकाश प्राप्त उपसचिव तुलसीनारायण अधिकारीको उपस्थितिमा संयकलाई सम्मान गरिएको हो । उनलाई ढाका उद्योग सञ्चालन गरेर आफ्नो सांस्कृति परिरहनको प्रवर्द्धनमा लागेको भन्दै संस्थाले आफ्नो २४ औं वार्षिकोत्सवको अवसर पारेर सम्मान गरेको हो । 

विगत चार वर्षदेखि धरानमा चौबिसे संयक ढाका उद्योग सञ्चालन गर्दै आइरहेकी यमुनाले सम्मान पाएकोमा हौसला मिलेको बताइन् । उनले भनिन्, ‘यो सम्मानले थप ऊर्जा मिलेको छ, उद्यम क्षेत्रमा अझ सक्रियरुपले काम गर्न प्रोत्साहन मिलेको छ, सम्मानित भएकोमा म धेरै खुशी छु, सम्मान गर्ने संस्थालाई धन्यवाद दिन्छु ।’

उनको उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब १०० जना भन्दा बढी महिलाहरुले रोजगार पाएका छन् । उनले उद्योगको हातेतानबाट उत्पादित मौलिक नेपाली ढाका कपडा नेपाल बाहेक करीब डेढ दर्जन अन्य देशहरुमा समेत नेपाली ग्राहक माझ निर्यात गर्दै आएकी छिन् । उनी व्यावसायसँगै सामाजिक र सांस्कृतिक सेवामा समेत सक्रिय छिन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्