ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ बीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता 

२०७८ भदौ, २९  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिडिएस एण्ड क्लियरिङ लिमिटेड बीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता सम्पन्न भएको छ । 

अब सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलार्ई सेवा सुविधा प्रदान गर्ने बताइएको छ । 

पुतलीसडक स्थित सिडिएस एण्ड क्लियरिङ लिमिटेडको कार्यालयमा एक कार्यक्रमका बीच सिडिएस एण्ड क्लियरिङ लिमिटेडको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्र्र्र्य र बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

यो सँगै अब निकट भविष्यमै सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सम्पूर्ण ९६ ओटै शाखा कार्यालयहरु मार्फत निक्षेप सदस्यता सम्बन्धि कार्य सञ्चालनमा ल्याउने बैंकले जानकारी दिएको छ । 

बैंकले मुलुकभर ९६ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।                         

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्