ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेशनल माइक्रोफाइनान्सको ३६ हजार ५०० कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा 

२०७८ भदौ, ३०  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३६ हजार ५०० कित्ता संस्थापक शेयर आज (बुधवार)देखि लिलामीमा आएको छ । 

कम्पनीले प्रतिकित्ता रू. १ हजार २२ मूल्य तोकेर असोज १३ गतेसम्म गोप्य शिलबन्दी पेश गर्न सकिने गरी यो शेयर लिलामीमा विक्री खुला गरेको हो । 

कम्पनीले यसअघि गत चैत ३१ गतेदेखि जेठ ३ गतेसम्म विद्यमान संस्थापकहरुलाई प्राथमिकतामा राखी यो शेयर विक्रीको आव्हान गरेको थियो । उक्त अवधिभित्र विद्यमान शेयरधनीहरुबाट आवेदन नपरेपछि विद्यमान संस्थापक सहित अन्य सर्वसाधारणले खरीद गर्न सक्ने गरी पुनः यो शेयर विक्रीमा आएको हो । 
यो शेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म खरीद गर्न सकिने गरी विक्रीमा आएको यो शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

तोकिएको अवधिभित्र प्राप्त आवेदन असोज १४ गते बिहान ११ बजे विक्री प्रबन्धकको कार्यालय, टेकु, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्