ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

युनिलिभर नेपालको पुरानो ६६ लाखभन्दा बढी लाभांश भुक्तानी हुन बाँकी 

२०७८ भदौ, ३०  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको पुराना दुई आर्थिक वर्षको रू. ६६ लाख ३८ हजार ९८० बराबरको लाभांश भुक्तानी हुन बाँकी रहेको छ । 

कम्पनीले आर्थिक वर्ष ०६९/७० र ०७१/७२ को लागि घोषणा गरेको लाभांश मध्ये उक्त रकम बराबरको लाभांश वितरण हुन बाँकी रहेको हो । पाँच वर्ष पुरानो लाभांश सम्बन्धित शेयरधनी वा निजको हकवालाहरुले हालसम्म पनि लिन नआएकाले कम्पनीले यथाशिघ्र उक्त लाभांश बुझिलिन सम्बन्धीत शेयरधनीहरुलाई अनुरोध गरेको छ । 

कम्पनीले बुधवार सूचना जारी गर्दै आगामी ३० दिनभित्र आफ्नो शेयर प्रमाणपत्र साथ कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरेको हो । 

सो अवधिभित्र लाभांश लिन नआएमा उक्त लाभांश कम्पनी ऐनको दफा १८३ बमोजिम लगानी संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले दिएको छ ।

कम्पनीले आर्थिक वर्ष ०६९/७० मा प्रतिकित्ता रू. ७६० र आर्थिक वर्ष ०७१/७२ मा प्रतिकित्ता रू. ९९० का दरले नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष ०६९/७० को कुल लाभांशमध्ये रू. १८ लाख ९८ हजार ८६० र आर्थिक वर्ष ०७१/७२ को कुल लाभांश मध्य रू. ४७ लाख ४० हजार १२० वितरण हुन बाँकी रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको भुक्तानी हुन बाँकी लाभांश :

                                                                        स्रोतः कम्पनीद्वारा जारी सूचना 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्