ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल वायुसेवा पीपीपीमा

२०७८ भदौ, ३०  
१० वर्ष अघि
Chelsea International NA

सरकारले नेपाल वायु सेवा निगम (नेवानि) लाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणाअनुसार सञ्चालन गर्नका लागि आन्तरिक गृहकार्य सुरु गरेको छ । नेपाल पर्यटन वर्ष २०११ अगाडि नै पीपीपीमा लैजाने सोचसहित सम्पत्ति मूल्यांकन कार्यलाई तीव्र रूपमा अघि बढाइएको छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुरारी कार्कीको संयोजकत्वमा केही अगाडि गठन गरिएको नेपाल वायु सेवा निगमलाई सार्वजनिक निजी साझेदारीमा लैजानका लागि आवश्यक तयारी गर्न गठित समितिले हाल सम्पत्ति मूल्यांकन लगायत निगमको समग्र अवस्थाको अध्ययन गरिरहेको छ । समितिले गत साता निगमको समग्र अवस्थाको अर्थमन्त्री सुरेन्द्र पाण्डेलगायत अर्थ मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेको छ । सो अवसरमा अर्थमन्त्री पाण्डेले काम छिटो सक्न निर्देशन दिँदै निगमलाई पीपीपीमा लैजान आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन अर्थ मन्त्रालय तयार रहेको बताएका थिए । यसअघि नै समितिले पर्यटन मन्त्रालयका अधिकारीहरुसँग पनि छलफल गरिसकेको छ ।

समितिका पदाधिकारीहरूले देशका विभिन्न स्थानमा रहेका निगमको चल तथा अचल सम्पत्तिको अवस्थाका बारेमा अध्ययन गरिरहेका छन् । त्यसको लागि समितिको सदस्य समेत रहेका निगमका उपकार्यकारी निर्देश राजु केसीसहितका अधिकाराी हाल विराटनगर पुगेका छन् । देशभरमा गरेर निगमसँग करिब ३० अर्ब रुपैयाँ बराबारको घरजग्गा मात्रै रहेको बताइन्छ । यो समितिले निगमको सम्पूर्ण सम्पत्तिको मूल्यांकन गर्नुको साथै यसलाई कम्पनीमा परिणत गर्नका लागि आवश्यक कानुनी आधारहरु तयार गर्ने कार्यसमेत गर्नेछ । समितिको प्रतिवेदनको आधारमा सरकारले निगमलाई तुरुन्तै कम्पनीमा परिणत गर्ने र त्यसलगत्तै निगमको निश्चित प्रतिशत सेयर निजी क्षेत्रका केही संस्था तथा सर्वसाधारणलाई विक्री गर्ने बताइएको छ ।

वर्ष ५, अंक २८, २०६६, चैत २–८

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्